लैङ्गिक तथा यौनिक अल्पसन्खक भन्नाले के बुझीन्छ ?
editयौन (Sex): ब्यक्तिको यौन अङ्गको हिसाबले (Anatomically) स्त्रीलिङ्गि (Male), पुरुषलिङ्गि (Female) वा अन्तरलिङ्गि (Intersexual) हुनुसँग सम्बन्धित छ। लिङ्ग र यौन शब्द प्राय जसो एक अर्काको लागी प्रयोग गरिएता पनि इनीहरु एकै अर्थ लाग्ने शब्द भने होइनन्।
लिङ्ग (Gender): लिङ्ग भन्ने शब्द कुनै ब्यक्तिको स्त्रीपन (Femininity) वा मर्दपन (Masculinity)लाई लिएर बन्ने सामाजिक ढाँचा (बनावट, Social Construction) हो, यो समय र ठाँऊ अनुसार फरक हुन्छ। यो ढाँचा (बनावट) ब्यक्ति निहित नभई समाजद्धारा सिखाइएको हुन्छ। लिङ्ग र यौन शब्दको एउटै अर्थ लाग्दैन।
लैङ्गिक पहिचान (Gender identity): कुनै पनि ब्यक्तिको "महिला (Woman)", "पुरुष (Man)" वा "तेस्रो प्रकृतीको ब्यक्ति (Transgender)" हुने आन्तरिक अनुभुती हो। "लैङ्गिक प्रस्तुती (Gender Expression)" कुनै पनि ब्यक्तिले आफुलाई आफ्नो लैङ्गिक अनुभुती अनुसार समाजमा कसरि ब्यक्त गर्दछ भन्ने सँग सम्बन्धित हुन्छ। "लैङ्गिक पहिचान" र "लैङ्गिक प्रस्तुती" शब्दहरु प्रायजसो तेस्रो प्रकृती (वा तेस्रो लिङ्ग) भन्ने शब्दसँग नजिकवाट सम्बन्धित छन्।
यौन अभिमुखिकरण (Sexual Orientation): यसले कुनै पनि ब्यक्तिको यौनिक वा भावनात्मक आकर्षणको दिशा बोध गर्दछ, र त्यो आकर्षण बिपरित लिङ्ग भएको ब्यक्ति प्रति वा समानलिङ्ग भएको ब्यक्ति प्रति वा सबै लिङ्ग प्रति हुन सक्दछ।
तेस्रो प्रकृतीको ब्यक्ति (Transgender): यस्तो ब्यक्ति जस्को लैङ्गिक पहिचान (Gender identity), लैङ्गिक प्रस्तुती (Gender Expression) , ब्यक्तित्व अदि समाजमा परम्परागतरुपमा महिला र पुरुषबाट अपेक्षा गरिएको भन्दा फरक हुन्छ।
मेटी: पुर्वी नेपाल तिरबाट आएको शब्द, यस्ता पुरुषलिङ्गि (Male) ब्यक्तिहरु लाई इङ्गित गदर्छ जो आफुलाई महिला जस्तै ठान्दछन्। मेटीहरुको बिपरितलिङ्गि, समलिङ्गि वा दुइलिङ्गि पुरुष भन्दा अलग पहिचान हुन्छ र आफुलाई समाजमा महिला जस्तै प्रस्तुत गर्ने गर्दछन्। पारिवारिक तथा सामाजिक दवाबका कारण महिलासँग बिबाह गर्नु परेता पनि मेटीहरुको यौन आकर्षण तथा यौन सम्बँध भने "मर्द" सँगनै हुने गर्दछ। मेटीहरु पनि आफुलाई तेस्रो प्रकृतीको ब्यक्ति ठान्दछन्।
सिङ्गारु: मेटीजस्ता ब्यक्तिलाई पश्चिमी पहाडतिर सिङ्गारु भनिन्छ। मारुनी: त्यस्तै केटीको भेषमा नाच्ने पुरुषलिङ्गि ब्यक्तिलाई मारुनी भनिन्छ। मौगिया वा कोथी: मेटीजस्ता ब्यक्तिलाई तराईतिर मौगिया वा कोथी भनिन्छ। फुलुमुलु: मेटीजस्ता ब्यक्तिलाई हिमाली भेगमा फुलुमुलु भनिन्छ। आदि, आदि।।।
हिजडा: हिजडा समुदाय नेपालको तराई तथा भारतमा करिब ४००० बर्ष भन्दा बढी पहिलेदेखी रँहदै आएका छन्। हिजडाहरु तेस्रो प्रकृती (जसलाई "पिङ्गला" भनिने शिब-शक्ति रुप, शिबको अर्ध पुरुष तथा अर्ध महिलाको रुप, सम्द्यिन्छन्) भएको कारण आफुलाई पाबित्र वा अलौकिक ठान्दछन्। हिजडा हुन चाहने ब्यक्ति (जो जन्मदा पुरुषलिङ्गि भएर जन्मेको हुन्छ) ले हिजडा समुदायमा आफुलाई सामेल गर्नु पर्छ तथा बिभिन्न नियम तथा अनुशासन (जस्तै महिलाको भेषमा उठबस गर्नु पर्ने, उठेर पिसाव गर्नु नहुने आदि) पालन गर्नु पर्ने हुन्छ। जस्ले यो समुदायको यी नियम तथा अनुशासन हरु सख्त रुपले पालन गर्न सक्छ ती ब्यक्तिहरुले मात्र "निर्वाण" (लिङ्ग काटी पूर्णरुपमा हिजडा हुने प्रकृया) लिन पाउँछन्।
यौन अँग परिवर्तित ब्यक्ति (Transsexual): तेस्रो प्रकृतीको ब्यक्ति जस्ले आफ्नो यौन अँग आफ्नो लैङ्गिक पहिचान (Gender identity) अनुसार पुरुष वा महिला बन्नेगरी परिबर्तन गरेका छन्।
अन्तरलिङ्गि (Intersexual): यस्ता ब्यक्ति जो जन्मदा नै सारिरीक वा यौन अङ्गको हिसावले सामाजिक अपेक्षा अनुरुप स्त्रीलिङ्गि (Female) वा पुरुषलिङ्गि (Male) छुट्टिदैनन्। ऐतिहासिक तवरले, चिकित्सक समुदायले यसलाई हेर्माफ्रोडाइट्स (hermaphrodites) भन्ने बिल्ला लगाई बच्चाको यौनअङ्ग सच्चाउने सल्यकृया (sex reassignment surgery) गरिदिने चलन कयौँ देशमा छ। तर समकालिन दृश्टिकोण यस्तो जबरजस्ति बच्चाको यौनअङ्ग सच्चाउने सल्यकृया अभ्यास (arbitrary practice of gender reassignment surgery) लाई वलजफती लैङ्गिक पहिचान बनाइदिने र यौनअङ्ग बिगरिदिने भनी चुनौती दिने गरेको छ। किनभने बच्चाको लैङ्गिक पहिचान (Gender identity) पछि कस्तो हुन्छ भनेर अहिले भन्न सकिन्न।
दुई आत्मा भएको(Two-spirited): आदिवसीहरुमा केहि ब्यक्तिहरु आफूलाई महिला, पुरुष दुबैको आत्मा भएको मान्दछन् (न की समलिङ्गि, दुइलिङ्गी वा तेस्रो प्रकृतीको ब्यक्ति)।
दुइलिङ्गि (Bisexual): यस्तो ब्यक्ति जो सारिरीक तथा भावनात्मक रुपले महिला तथा पुरुष दुबै सित आकर्षित हुन्छ।
बिपरितलिङ्गि (Heterosexual): यस्तो ब्यक्ति जो सारिरीक तथा भावनात्मक रुपले आफुभन्दा बिपरितलिङ्ग भएको ब्यक्ति प्रति आकर्षित हुन्छ।
समलिङ्गि (Homosexual): यस्तो ब्यक्ति जो सारिरीक तथा भावनात्मक रुपले आफुजस्तै समानलिङ्ग भएको ब्यक्ति प्रति आकर्षित हुन्छ। समलिङ्गी ब्यक्तिलाई अँग्रेजि भषामा "होमोसेक्सुअल" भनिएता पनि "गे" शब्द बढि प्रयोग गरिन्छ भने महिला समलिङ्गिलाई "लेस्वियन" भन्ने चलन पनि छ।
गोप्य रहने( Closet): बहिश्कार हुने डरले आफ्नो लैङ्गिक पहिचान (gender identity) वा यौन अभिमुखुकरण (Sexual orientation) आफु कामगर्ने ठाँउ, बिधालय, घर-परिवार वा साथीभाइ बिच लुकाउनु।
खुल्ने(Coming out): १) यो समलिङ्गि, दुईलिङ्गि वा तेस्रो प्रकृतीको ब्यक्तिले आफ्नो लैङ्गिक पहिचान (Gender identity) वा यौन अभिमुखिकरण (Sexual orientation) को पत्तो पाउने र त्यसलाई स्वीकार्ने तथा यो तथ्यलाई आफ्नो ब्यक्तिगत तथा सामाजिक जीबनमा उतार्ने प्रकृया हो। २) आफ्नो लैङ्गिक पहिचान (Gender identity) वा यौन अभिमुखुकरण (Sexual orientation) को बारेमा अरु समक्ष गर्वसित खुल्ने प्रकृया हो।
समलिङ्गि प्रती घृणा वा डर (Homophobia): पूर्वाग्रह, बिभेद वा नकारात्मक धारणाले ग्रसित भएर उपज हुने समलिङ्गि प्रतीको घृणा वा डर हो। समलिङ्गि प्रती घृणा लाई "सँस्थागत डर, धृणा, पूर्वाग्रह वा नकारात्मक धारणा" भनेर पनि परिभाषित गरिन्छ जसले समलिङ्गिहरुलाई अदृश्यहुन वा लुक्न बाध्य तुल्याँउछ, बिभेदको शिकार बनाउँछ, तीरष्कृत गराँउछ वा अन्यायको शिकार पनि बनाउँछ।
बिपरितलिङ्गबाद (Heterosexism): सबै ब्यक्ति बिपरितलिङ्गिनै हुन्छन् भन्ने मानयता राखी यो नै उत्तम तथा माथिल्लो हो भन्नु बिपरितलिङ्गबाद हो। बिपरितलिङ्गबाद प्राय शुक्ष्म रुपमा प्रस्तुत हुने गर्दछ जस्तै गैर-बिपरितलिङ्गि वा तेस्रो प्रकृतीको ब्यक्तिको पहिचान, ब्यबहार, सम्बन्ध तथा समुदायको इन्कारी, अनाबस्यक आलोचना गर्नु बा लञ्छना लगाउनु। भेदखोल्ने(Outing): ब्यक्तिको अनुमतिबिना उसको लैङ्गिक पहिचान (Gender identity) वा यौन अभिमुखुकरण (Sexual orientation) सार्बजनिक गरिदिने काम। यस्तो भेदखोल्नेकाम निकै अनादरपूर्ण र (संभाबित रुपले) खतरा पूर्ण पनि हुन्छ।
== राजु लामा
नील हीरा समाज
धनगढी कैलाली ==