अक्षर काका नेपाली साहित्यको नूतन नाम हो । पत्रकारिता र समाजसेवामा धेरैअघिदेखि सक्रिय काकाले विक्रम सम्वत् २०७० सालदेखि आफ्नो परिचयअगाडि साहित्यकारको फुर्को थपेका छन् । प्राञ्जल भाषाशिल्प । सुबोध्य शैली उनको साहित्यिक विशेषता हुन् । ०७३ सालमा देउती उपन्यास प्रकाशित गरेका काकाले गद्य–साहित्यमा विशेष रुची राख्छन् । उनै काकाको यहाँ सङ्क्षिप्त परिचय प्रस्तुत गरिएको छ ।

जन्म

edit

सिन्धुपाल्चोकको पश्चिमी गाविस थकनी, अमलेमा सन् १९८६ मा जन्मिएका अक्षर काकाको बाल्यकाल सामान्य अवस्थामा बित्यो । मेलापात, घट्ट, घाँस दाउरा गर्दै बाल्यावस्था बिताएका काका सानैदेखि साहित्यमा विलक्षण एवम् तीव्र चेतनाका धनी थिए ।गाउँ घरमा हुने नाटक, सांगीतिक कार्यक्रममा नबिराइ पुग्ने काकाले सात–आठववर्षकै उमेरमा नाटक निर्देशन गरेर तहल्का मच्चाएका थिए । सानैदेखि रोगी र पिलन्धरे काका कहिले मावली बाँसबारी, पिपलचौर त कहिले सिन्धुखोलापारि सुयलछाप गइरहन्थे । उनका हजुरबा पण्डितज्ञ थिए । दुई–चार रुपैयाँ दिएर भागवत पाठन गर्न लगाउँथे । मख्ख परीपरी भागवत पाठ गर्थे उनी । त्यसैले काकासँग संस्कृत साहित्यकोसमेत धेरथोर ज्ञान छ ।

शिक्षा–दीक्षा

edit

उनले कखरा घरकै धुलेटोमा सिकेका हुन्, पिता बालप्रसाद खनाल र माता शान्तादेखिको सान्निध्यमा । आमा असाध्यै रोगी अस्पतालमै बास बसिरहनुपर्ने भएकाले शिक्षा भने त्यति उन्नत हुन सकेन उनको । घर–मावल गरिरहनुपरेकाले पनि होला फरक–फरक विद्यालयमा पढे उनले । प्रवेशिका परीक्षा भने २०५८ सालमा थकनीकै श्रीकृष्ण उच्च माध्यामिक विद्यालयबाट उत्तीर्ण गरेका हुन्, द्वितीय श्रेणीमा । तत्पश्चात् भने काठमाडौँको महेन्द्र रत्नबाट उनले प्रवीणता प्रमाणपत्र तह र स्नातक उत्तीर्ण गरे । स्नातकोत्तर तह भने त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसबाट पूरा गरेका हुन् उनले । अर्थशास्त्र, वित्तियशास्त्रबारे अध्ययनशील काकासँग अध्यापनको लघुअनुभवसमेत छ ।

साहित्य–लेखन

edit

साहित्य–लेखनसँग अक्षर काकाको विशिष्ट साइनो छैन । सानैदेखि गीता, दुर्गासप्तशती, श्रीमद्भागवत आदि वाचन गरेकाले साहित्यप्रति लगाव त थियो । साहित्यकार नै बन्ने गुण उनीमा थिएन । तर, गाउँघरमा हुने नाटक र मामा भीमसेन सापकोटासँगको सँगतले साहित्यतिर अभिभूत गराउँदै लगे । करूण, कल्पनाशील र तिलस्मी स्वभावका काका अरूको दुःख पीडा शमन गर्न सक्दैनथे । कविता लेखन र गीत संगीतसँग नाता गाँसिएका काकाको झुकाव विस्तारै साहित्यतिर बढ्दै गयो ।

राजनीति

edit

अक्षर काकाले विद्यार्थी जीवनमा कलेज–राजनीतिमासमेत सक्रिय भए । प्रगतिशील विचारका पक्षपाती काका कलेजको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा उपसभापतिसमेत भएका छन् । त्यसबाहेक विद्यार्थी संगठनमा केन्द्रीय तहमा रहेर कार्यसम्पादन गरेका उनी पछिल्लो कालखण्डमा राजनीतिमा त्यति सक्रिय छैनन् । मताधिकारमात्रै प्रयोग गर्नेगरी स्वतन्त्र र लेखनका माध्यमबाट हस्तक्षेप आन्दोलन चलाउन चाहन्छु भन्छन् उनी ।

पत्रकारिता

edit

राजनीति, सामाजिक क्षेत्रका विविध विषयमा कलम चलाउने काका प्रायसः राजनीतिक बिटमा नै कलम चलाउँछन् । विशेषगरी पत्रकारिताको पछिल्लो आयाम अनलाइनमा दशक लामोसमयदेखि सक्रिय काकाले आधा दर्जन मिडिया हाउसको अनुभव सँगालेका छन् । अरूले छाडेका विषयमा भिज्न मन पराउने काका भुइँमान्छे र छायापात्रहरूका कथा लेख्न रुचाउँछन् । पछिल्लो समय उनी बाह्रखरी अनलाइनमा आवद्ध छन् ।

कृतिहरू

edit

०७० सालमा ‘बूढी आमा र देश’ कविता संग्रह प्रकाशन गरेका काका ०७३ सालबाट आख्यान दुनियाँमा प्रवेश गरेका हुन् । ०७३ सालमा उनले ‘देउती’ उपन्यास प्रकाशित गरेपछि उनको परिचय फेरियो । देउती मूलतः समाजका शोषित, उत्पीडित नारीहरूको दमित आवाज हो । विशेषगरी श्रीमान् गुमाएर एक्लो परिवारको हेलाहाँसोमा परेको एकल महिलाहरूको रोदन, क्रन्दन र सुस्केराहरू छन् त्यहाँ । सिन्धुपाल्चोकलाई केन्द्रीय भूगोल मानेर लेखिएको उपन्यास शताव्दीअघिको कथा हो । शताव्दीअघिको कथा र परिवेशलाई आजको सन्दर्भमा दुरुस्तै उतार्नु निकै चुनौतीपूर्ण काम हो तर युवावयका काकाले जोखिम उठाएका छन् । अमानुषिक जीवन व्यतीत गरिरहेका महिलालाई केन्द्रीय पात्रका रूपमा उभ्याएर समाजका दमित स्वरलाई परिवर्तनको पक्षमा हिँड्न अभिप्रेरित गर्ने उनको औपन्यासिक विशेषता बनेका छन् ।